काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार (बजार) को व्यवस्थित तथा प्रभावकारी विकास तथा विस्तारका लागि भन्दै बोर्डले नीति तथा कार्यक्रम ल्याउने गरेको छ ।
प्रत्येक आर्थिक वर्ष बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा पश्चात् सार्वजनिक गरी कार्यान्वयन गर्दै आएको जनाएको छ । आगामी आव २०८३/८४ का लागि बजार सम्बन्धी नीति तथा कार्यक्रम तयारी गर्ने कार्य अगाडि बढेको भएर सुझाव मागेको जनाएको छ ।
बजार विकास, विस्तार तथा सुधार सम्बन्धी कार्यान्वयनयोग्य एवं रचनात्मक सुझाव जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना उपलब्ध गराउन आग्रह गरेको छ । पछिल्ला केही वर्ष बोडले नीति तथा कार्यक्रम ल्याएपनि कार्यान्वयन भने निकै फितलो हुने गरेको छ ।












प्रतिक्रिया दिनुहोस्