Skip to content

तुइन खोलामा पहिरो, सडक अवरुद्ध

nabil bank

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ । बिहान ५:४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi