Skip to content

‘जलविद्युत कम्पनी प्रति सरकार निर्मम बन्छ, घाटामा गएको कम्पनीले आईपीओ निष्कासन गर्न पाउँदैनन्’

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलविद्युत कम्पनीप्रति सरकार कडा रूपमा प्रस्तुत हुने संकेत दिएका छन्।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श लगायत निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा लामिछानेले जलविद्युत क्षेत्रमा आईपीओ निष्कासनका विषयमा सरकार स्पष्ट रहेको बताए।

उनले घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न अनुमति नदिइने प्रस्ट पार्दै भने, ‘जनताको लगानी डुब्ने अवस्था आउन दिन सकिँदैन। त्यसैले यस्तो विषयमा सरकार निर्मम भएरै निर्णय गर्छ।’

सरकारले जलविद्युत कम्पनीहरूको वित्तीय अवस्था मूल्यांकन गरी मात्र आईपीओ अनुमति दिने नीति अघि बढाउने उनले बताए । यसैगरी, सरकार आय करमा सीमा घटाउने कुरामा सकारात्मक रहेको उनले बताए। ‘आयको ५० प्रतिशत कर तिर्ने भन्ने कुरा जायज पनि छैन, हामी सुधारका लागि तयार छौं।’ उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi