Skip to content

धितोपत्र बोर्डको अध्यक्षका लागि ४ दर्जनको आवेदन

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि ४ दर्जनले आवेदन दिएका छन् । बोर्डको अध्यक्षका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

अर्थ मन्त्रालयका अनुसार ४७ जनाले बोर्डको अध्यक्षका लागि आवेदन दिएका हुन् ।

बोर्डको अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्षा भुवनकुमार दहाल सदस्य रहेका छन् ।

आवेदन दिएकामध्ये समितिले ५ जनाको सूची तयार पार्छ । ५ जनाले कार्ययोजना सहितको प्रस्तुती दिन्छन् । त्यसमध्ये ३ जनाको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउँछ । मन्त्रिपरिषदले १ जनालाई अध्यक्षमा नियुक्त गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi