Skip to content

यसकारण पर्‍यो धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् ।

नेपालको इतिहासमा पहिलो पटक अध्यक्षका लागि यति धेरैको आवेदन परेको हो । अध्यक्षका लागि आवेदन दिनेको लर्को देखेर आवेदन दिन गएका कतिपय आवेदन नै नदिइ फर्केको बताइएको छ ।

यसअघि आवेदन खुला गर्दा यति धेरैको आवेदन पर्ने गरेको थिएन । यो पटक अध्यक्षमा आवेदन दिनका लागि सहज भएका कारण धेरैको आवेदन परेको छ । यसअघि अध्यक्षका लागि आवेदन दिदाँ कार्ययोजना पेश गर्नुपर्ने थियो । साथै अध्यक्षका लागि आवेदन दिँदा राज्यको नाममा ५ हजार राजस्व दाखिला गर्नुपर्द थियो । अहिले अध्यक्षका लागि आवेदन दिँदा राज्यको नाममा ५ हजार कर पनि तिर्नु परेन । साथै कार्य योजना पनि पेश गर्नु परेन ।

अध्यक्षका लागि आवेदन दिनेले वैयक्तिक विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र र पेशागत अनुभव पुस्ट्याई गर्ने प्रमाणित कागजात आवश्यक थियो । यस्तै अर्थ मन्त्रालयको वेबसाईटमा प्रकाशित नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि व्यक्तिगत विवरण पेश गर्ने सम्बन्धी सूचना साथ संलग्न तोकिएको ढाँचाको स्वघोषणा आवश्यक थियो ।

अध्यक्षका लागि सामान्य कागजात पेश गरे पुग्ने भएका कारण आफुलाई रास्वपाको नजिक देखाउन कै लागि भएपनि अर्थ मन्त्रालय पुगेर ४७ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले ४७ जनाको नाम गोप्य राखेको छ ।

अध्यक्षका लागि आवेदन दिनेमा यसअघिका पटके आवेदनकर्ता, बोर्डका कर्मचारी, नेपाल राष्ट्र बै‌कका कर्मचारी, नेप्सेका सञ्चालन सेयर बजारका स्वघोषित विज्ञ लगायत रहेको बताइएको छ ।

बोर्डको अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्षा भुवनकुमार दहाल सदस्य रहेका छन् ।

आवेदन दिएकामध्ये समितिले ५ जनाको सूची तयार पार्छ । ५ जनाले कार्ययोजना सहितको प्रस्तुती दिन्छन् । त्यसमध्ये ३ जनाको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउँछ । मन्त्रिपरिषदले १ जनालाई अध्यक्षमा नियुक्त गर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi