Skip to content

तपाईंले भर्नुभयो टक्सार पिखुवा खोलाकाे आईपीओ ? आज अन्तिम दिन

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बैशाख २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँबराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन गरेको हो ।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको सेयर निष्कासन गरेकाे छ । कम्पनीले ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

साेमध्ये १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

यसैगरी, कम्पनीले सामूहिक लगानी कोषहरूका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ६० हजार ६१३ कित्ता बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima