काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ४.१५ अंकले घटेर परिसूचक २७०४.२५ बिन्दु कायम भएको छ ।
निकै उतार चढाबकाबीच बजारमा सामान्य गिरावट देखिएको छ । ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता सेयर २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा उत्पादन तथा प्रशोधन, ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । कारोबारमा ८२ कम्पनीको मूल्य बढेको छ भने १७६ कम्पनीको मूल्य घटेको छ ।












प्रतिक्रिया दिनुहोस्