काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १.७७ अंक बढेर २७३१.९४ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।
आज सेयर बजारमा सुधार देखिएको भएता पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरकोसेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये उपसमूहको परिसूचक बढेको छ । बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। आज ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ।












प्रतिक्रिया दिनुहोस्