Skip to content

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिने ४७ मध्ये ४ जनाको सूची तयार, को-को परे ?

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिने ४७ जनाबाट ४ जनाको संक्षिप्त सूचि तयार भएको छ ।

जसमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा.गोपाल प्रसाद भट्ट रहेका छन् । उनीहरुलाई अध्यक्ष छनोट समितिले जेठ ८ गतेका लागि छलफलमा बोलाएको छ ।

बोर्डको अध्यक्षका लागि संक्षिप्त छनोटमा परेका ४ जनामा २ जना धितोपत्र बोर्ड र २ जना नेपाल राष्ट्र बैंकका क्याडर हुन् ।

डा. नवराज अधिकारी केही समय अघि अवकाश पाएका कार्यकारी निर्देशक हुन् । यस्तै विनयदेव आचार्य हालका कार्यकारी निर्देशक हुन् । यस्तै मुकुन्द कुमार क्षेत्री डा. गोपाल भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।

क्षेत्री करिब २ वर्ष धितोपत्र बोर्डमा कार्यकारी निर्देशक भइसकेका छन् ।

उनीहरुमध्ये अधिकारी र आचार्यलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले जेठ ८ गते १ बजे, आचार्यलाई साढे १ बजे, क्षेत्रीलाई २ बजे र भट्टलाई साढे २ बजे छलफलका लागि बोलाएको छ । यसअघि समितिले कार्ययोजना प्रस्तुतीका लागि बोलाउने गरेको थियो । यसपटक छलफलका लागि बोलाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi