काठमाडौं । कालंगा हाइड्रो कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ । कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ५० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।
यस्तै कम्पनीले १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १ लाख ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य ससेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्