Skip to content

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रमकमा पनि सुधार

काठमाडौं । बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ। आज सेयर बजारमा मापक नेप्से परिसूचक ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

आज कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशत बढेको छ। आज बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे १३ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima