Skip to content

सेयर बजारले रुचाएन बजेट: २६.७२ अंकले घट्यो, कारोबार साढे ५ अर्बमाथि 

nabil bank

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक भएको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा पुगेको छ । आज सेयर बजार समग्रमा करिब १ प्रतिशतले घटेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजीगत लाभकर बढाएको छ । सेयर बजारमा यसअघि लाग्दै आएको अल्पकालीन र दीर्घकालीन लाभकर बढेको हो । यसअघि दीर्घकालीन कारोबारमा लाग्दै आएको ५ प्रतिशत लाभकर अब ७.५ प्रतिशत पुर्याएको छ ।

यसैगरी, हाल अल्पकालीन कारोबारमा लाग्दै आएको ७.५ प्रतिशत लाभकर अब १० प्रतिशत पुर्याएको छ। सेयरमात्र कारोबार गर्नेको लागि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यो करलाई अन्तिम कर मानिने जानकारी दिएका छन् । अन्य व्यवसाय पनि गर्ने र सेयरमा पनि लगानी गर्ने लगानीकर्ताको लागि भने यो कर अन्तिम कर नभएको अर्थमन्त्री डा.वाग्लेले संकेत गरेका छन् । जसको कारण सेयर बजारले बजेटलाई नरुचाएको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बुधबार ६ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक घटेको छ । आज दुई उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.३६ प्रतिशत बढेको छ। यसैगरी, आज निर्जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। आज कालिन्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको बुंगल हाइड्रोको सेयरमूल्य आज सबैभन्दा धेरै १३.२० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी उच्च स्थानमा रहेको छ। यस कम्पनीको आज ४३ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसैगरी, आज नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमालयन रि–इन्स्योरेन्सको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi