काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उक्त रकममध्ये सरकारको स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख र वैदेशिक अनुदान मार्फत २३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । मन्त्रालयका अनुसार एमसीसी परियोजनाका लागि आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ ।
यस्तै चालु आव २०८२/८३ को संशोधित अनुमान ७ अर्ब ४९ करोड १३ लाख रुपैयाँ रहेको छ । मन्त्रालयका अनुसार एमसीसी परियोजनामा चालु खर्च १ अर्ब ३४ करोड ६४ लाख र पुँजीगत २७ अर्ब ९९ करोड ८० लाख रुपैयाँ हुने प्रक्षेपण रहेको छ ।
चालु खर्चमा नेपाल सरकारको ७ करोड ४९ लाख र वैदेशिक अनुदानबाट १ अर्ब २७ करोड १५ लाख रुपैयाँ रहेको छ ।
यस्तै पुँजीगत तर्फ रहेको २७ अर्ब ९९ करोड ८० लाख रुपैयाँ मध्ये सरकारको ५ अर्ब ४८ करोड २७ लाख वैदेशिक अनुदानबाट २२ अर्ब ५१ लाख ५३ हजार रुपयाँ खर्च हुने अनुमान रहेको छ ।












प्रतिक्रिया दिनुहोस्