Skip to content

रेल, मेट्रो रेल, मोनो रेलदेखि कालीगण्डकी तिनाउँ डाईभर्सन बहुउद्देश्यीय आयोजनासम्मको बजेट काट्यो सरकारले

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कालीगण्डकी तिनाउँ डाईभर्सन बहुउद्देश्यीय आयोजना हटाएको छ ।

चालु आवमा २ करोड ७९ लाख बजेट विनियोजन गरेको थियो । आगामी आवका लागि भने कुनै पनि बजेट विनियोजन गरेको छ ।

यस्तै सरकारले जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको बजेट पनि काटेको छ । अघिल्लो सरकारले भने चालु आवको लागि १० करोड ७३ लाख (संशोधित अनुमान) विनियोजन गरेको थियो ।

सरकारले आगामी आवको बजेट मार्फत जलस्रोत अनुसन्धान तथा विकास केन्द्रलाई पनि बजेट बिहीन बनाएको छ । चालु आवको सोही अवधिमा केन्द्रका लागि १० करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

यस्तै सरकारले आगामी आवको बजेटमा रेलवे विभागका लागि बजेट विनियोजन गरेको छैन । यस्तै रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाका लागि पनि बजेट विनियोजन गरिएको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi