Skip to content

मिर्चैया-कटारी-घुर्मी सडक निमार्णकाे लागि ५९ करोड २ लाख बजेट विनियोजन

nabil bank
काठमाडौं ।  माथिल्लो सगरमाथाका तीन जिल्लासहित पाँच जिल्ला जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नतिका लागि  सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ मा ५९ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सरकारले उक्त आयोजनामा चालु आर्थिक वर्षको तुलनामा बजेट बढाएको हो । चालु आर्थिक वर्षमा यस आयोजनाका लागि ४७ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
आगामी आर्थिक वर्षका लागि छुटाइएको कुल बजेटमध्ये १ करोड ९ लाख रुपैयाँ चालु खर्चका लागि र ५७ करोड ९३ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi