Skip to content

विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यमा ३२ जनाको आवेदन, को–को छन् ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नियुक्ति सिफारिस समितिले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि आह्वान गरेको दरखास्तमा ३२ जनाले आवेदन दिएका छन्।

समितिका अनुसार अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जनाको आवेदन परेको छ। आयोगको नेतृत्व तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन समितिले जेठ ७ गते सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिबाट आवेदन माग गरेको थियो।

विद्युत नियमन आयोगको अध्यक्षको लागि ई.रुद्र प्रसाद गौतम, केशव अधिकारी, डा.रामप्रशाद धिमाल, रामेश्वर प्रसाद कलवार, मधुप्रशाद भेटवाल, मोती बहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा.भोलानाथ शर्मा अधिकारी, नारायण प्रसाद सापकोटा, डा.शान्तीकता सुवेदी गरी १० जनाको आवेदन परेको छ ।

यसैगरी, विद्युत नियमन आयोगको सदस्यको लागि २२ जनाको आवेदन परेको छ । सदस्यका लागि डा.शेखर अर्याल, राजिव कुमार सिंह, निरज्वल बस्नेत र रुद्रप्रसाद सिटौलाले आवेदन दिएका छन् ।

यसैगरी, सदस्यको लागि जयराज भण्डारी, ब्रजमोहन झा, सुरेश बहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम, झमक प्रसाद शर्मा, विशाल सिलवाल, बलराम सिलवाल, राजिव दाहाल,विज्ञान श्रेष्ठ, दिवाकर मल्लिक, अर्जुनकुमार गौतम, नरेन्द्र सिँह भण्डारी, नारायण प्रशाद सापकोटा, कल्पमोहन सोती, शान्तीकला सुवेदी र कुशेश्वर प्रसाद साहुले आवेदन दिएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T