Skip to content

बजेट सेयर बजारमैत्री छः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ ले सरकारले ल्याएको बजेट लगानी तथा पुँजी बजारमैत्री रहेको बताएका छन्। बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले उधारो असुलीसम्बन्धी कानुन निर्माणको पहल, लगानी आकर्षित गर्ने नीतिगत व्यवस्था तथा औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम सकारात्मक रहेको बताए।

अन्तरनिकाय समन्वयको अभावका कारण व्यवसाय सञ्चालनमा समस्या देखिने गरेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए। उनका अनुसार लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना तथा डेरिभेटिभ बजार सञ्चालन गर्ने सरकारी प्रतिबद्धताले पुँजी बजारको विकासमा टेवा पुग्नेछ।

यी व्यवस्थाले लगानीकर्ताको विश्वास बढाउनुका साथै समग्र सेयर बजारलाई सकारात्मक लाभ पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T