Skip to content

सरकारले ल्याएको बजेटलाई खुलेर, धक फुकाएर तारिफ गर्न निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको अपिल

‘नियामक निकायमा स्वच्छ, क्लिन मान्छे ल्याउँछौ’

nabil bank

काठमाडौं । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले निजी क्षेत्रलाई यो सरकारले ल्याएको बजेटलाई खुलेर, धक फुकाएर तारिफ गर्न अपिल गरेका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट सन्दर्भमा नीति संवाद कार्यक्रममा मन्त्री डा. खतिवडाले यस्तो अपिल गरेका हुन् ।

उनले बजेटलाई निजी क्षेत्रले खुलेर तारिफ गर्न दोहोर्याए । “तपाईहरुकै लागि ल्याएको बजेटमा तपाईहरु नै उत्साहित हुनुहुन्न भने हामी पनि अलिकति निराश हुनुपर्ने अवस्था आउँछ” मन्त्री डा. वाग्लेले भने, “तर, मनमा खुसी लागेको छ, खुलेर तारिफ गर्दा खै के भनिदिने हुने भन्ने लागेको छ भने एक पटक धक फुकाएर तारिफ गरिदिनु होला । यसलाई ग्रहण गरिदिनु होला । यो एजेन्डालाई बोकिदिनु होला । हेजिटशन नबोक्नु होला । हेजिटेशनले बिगार्छ ।”

कार्यक्रममा उनले निजी क्षेत्र सरकारको सारथी भएकोले गर्दा सहकार्य गर्दै जाने उनले बताए । मन्त्री वाग्लेले यो बजेट नै निजी क्षेत्रकै लागी ल्याएको समेत उनले दाबी गरे । अर्थमन्त्री डा. वाग्लेले आगामी आवको बजेटबाट बोझ नथोपरी  करका दायरा बढाएको उनको भनाइ छ । सरकारले १५ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य रहेको उनको भनाइ छ ।

मन्त्री वाग्लेले आगामी आवमा आफ्नो रिसोर्सबाट राजस्वको लक्ष्य पुरा गर्ने सरकारको तयारी रहेको बताए । बजेटले २६० अर्ब विदेशी, ४१० अर्ब आन्तरिक ऋण लिने तयारी गरेको स्मरण गराउँदै अहिले ८, १० अर्ब भन्दा अनुदान आउन सक्ने सम्भावना समेत कम भएको बताए ।

मन्त्री वाग्लेले आगामी आवको बजेट मार्फत १३०० भन्दा अन्तशुल्क लागेका वस्तु आधा घटाउने तयारी भएपनि अहिले प्राविधिक रुपमा सम्भव नभएको बताए । अन्त:शुल्कको नाममा विकृती रहेको र त्यसलाई सच्याउँदै जाने उनको भनाइ छ ।यो पुस्तान्तरण गर्ने सरकार भएको, ३६ वर्षको प्रधानमन्त्री रहेको स्मरण गराउँदै सबै विषयमा सुधारको थालनी सुरु गरेको बताए ।

बर्षौदेखिको बक्यौता उठने सम्भावना नभएका कारण पुरानो रोकिएकालाई क्लियर गरेर नयाँ रुपमा अघि बढाउने नीति लिएको बताए । सुरुमा निर्धारण गरेको कर अनुसार उद्योग व्यवसाय सुरु गर्न सकिने मन्त्रीको भनाइ छ ।
सरकारले पूर्वाधारमा बीग पुस सरु गरेको जानकारी गराए । सडक,अन्य पूर्वाधार, सडक पुल जस्ता आयोजना अघि बढाउने तयारी रहेको जनाए ।

एनआरएनए बन्ड, विद्युत प्राधिकरणले क्लिन बण्ड जारी गर्ने बताए । उनले एआईलाई ढंग पुर्याउने हो भने लठ्ठा तानेर भारत, बंगलादेश विद्युत बिक्री गर्न नपर्ने, नेपालमा नै उपभोग बढाउने दाबी गरे ।

मन्त्री वाग्ले कार्यक्रममा नियामक निकायमा अब स्वच्छ क्लिन मान्छे ल्याउने समेत जानकारी गराए । उनले नियामकमा आउने व्यक्ति कसैको गोजीको नहुने, त्यस्तोबाट राजनीतिक दलले कमाइखाने भाडो नबनाउँने समेत दाबी गरे । साथै उनले अब लाइसेन्स राजको अन्त्य गर्ने दाबी गरे ।

कार्यक्रममा उनले कुनै काम मानविय त्रुटीका कारण छुट भएका भए त्यस्तोलाई निजी क्षेत्रले ल्याएको खण्डमा मन्त्रिपरिषदबाट हेर्न सकिने जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi