Skip to content

सृजनात्मक शुक्रबार कार्यक्रम काठमाडौं महानगरपालिकाको प्राथमिकतामा, दिवा शिशु स्याहार केन्द्र स्थापना तथा सञ्चालन गरिनेछ

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबैका लागि शिक्षा तथा समावेसी शिक्षाको सुनिश्चित गर्न अटिजम, डाउन सिन्ड्रोम लगायत अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालय, ज्येष्ठ नागरिक तथा गृहणी विद्यालय र वैकल्पिक विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गरी अन्तरपुस्ता क्रियाकलापलाई प्रवर्धन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम यो उल्लेख गरेको हो । ‘विद्यालय र सामुदायिक अध्ययन केन्द्रलगायतका स्थानमा स्वास्थ्यकर्मी सहितको प्राथमिक स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्‍चालन गरिनेछ। साथै दिवा शिशु स्याहार केन्द्र स्थापना तथा सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विद्यालय शिक्षालाई अनुसन्धानमुलक बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिनेछ। विद्यार्थीको सृजनशील सिकाई र सिप विकासका लागि विद्यालयमा सिप तथा सृजनात्मक शुक्रबार कार्यक्रम सञ्चालन गरी पाठ्यक्रममा आधारित अतिरिक्त शैक्षिक क्रियाकलापहरु समेत सञ्चालन गरिनेछ। सृजनात्मक शुक्रबार कार्यक्रममा मूलतः सृजनात्मक सिकाई, सीपमूलक तालिम तथा खेलकूद सम्बन्धी गतिविधिहरु सञ्चालन हुनेछन्।’

त्यसैगरी विद्यालयको असल अभ्यास तथा अनुभव आदानप्रदान गर्न विद्यालय–विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गर्ने, भाषा, सँस्कृति, सम्पदा, पर्यटन र प्राविधिक विषयमा विशेषज्ञ जनशक्ति उत्पादन गर्न काठमाडौँ महानगरपालिकाले स्वनिगः विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गर्ने, खेलाडीहरुलाई ऊर्जाशील तथा व्यवसायिक बनाउन महानगरले विभिन्‍न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहजीकरण गर्ने साथै खेल प्रतिभा पहिचान गरी सम्मान तथा प्रोत्साहन गर्ने पनि उल्लेख गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T