Skip to content

काठमाडौं महानगरले विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशूल्क उपचार गर्ने व्यवस्थालाई कडाईका साथ लागु गर्ने

मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यान मार्फत शारिरीक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धतिको प्रवर्धन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम यो उल्लेख गरेको हो । ‘निःशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाईक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईनेछ,’ नीति तथा कार्यक्रममा भनिउको छ, ‘महानगरवासीको मृगौला रोगको उपचारका लागि डायलसिस सेवालाई सहजीकरण गरिनेछ। मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लकहरू’ सेवाको व्यवस्थापन गरिनेछ ।

महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको नियमन तथा अनुगमन गरी गुणस्तरीय सेवा प्रवाहको लागि प्रोत्साहन गरिनेछ। साथै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशूल्क उपचार गर्ने व्यवस्थालाई कडाईकासाथ लागु गरिनेछ।’

महानगरवासीलाई गुणस्तरीय र विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल निर्माण गर्ने, परिवर्तित जीवनशैलीका कारण तिव्र रुपमा उत्पन्न मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्न मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिकहरुका लागि निमोनिया खोप, महानगरवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा नियमित सेवा र आकस्मिक स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने कुरालाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T