Skip to content

जेठमा ४३ करोड १८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन

nabil bank
काठमाडौं ।  आर्थिक वर्ष २०८२–८३ को जेठ महिनामा कुल ४३ करोड १८ लाख १ हजार ९०४ रुपैयाँ ६२ पैसा पूँजीगत लाभकर संकलन भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको तथ्यांकअनुसार जेठ महिनामा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर तर्फ १५ करोड ८१ लाख ७७ हजार ८५७ रुपैयाँ ५४ पैसा क्यापिटल गेन ट्याक्स प्राप्त भएको छ ।
यसैगरी,  व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर तर्फ २१ करोड १८ लाख ४० हजार ८६२ रुपैयाँ २२ पैसा तथा कर्पोरेट पूँजीगत लाभकर तर्फ ६ करोड १७ लाख ८३ हजार १८४ रुपैयाँ ८६ पैसा संकलन भएको हो। यससँगै चालु आर्थिक वर्ष २०८२८३ को जेठ मसान्तसम्म कुल पूँजीगत लाभकर संकलन ९ अर्ब ५४ करोड ४७ लाख ५८ हजार ७६ रुपैयाँ २ पैसा पुगेको छ।
यसअघि वैशाख महिनामा ९३ करोड ६१ लाख ६८ हजार ९४५ रुपैयाँ ४८ पैसा पूँजीगत लाभकर संकलन भएको थियो। वैशाखमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर १८ करोड ५४ लाख ३९ हजार ४९९ रुपैयाँ ६ पैसा, व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर ७० करोड ७६ लाख ९३ हजार ८४ रुपैयाँ ३९ पैसा तथा कर्पोरेट पूँजीगत लाभकर ४ करोड ३० लाख ३६ हजार ३६२ रुपैयाँ २ पैसा रहेको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi