काठमाडौं । एभरेष्ट कलर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
कम्पनीले जेठ २२ देखि २७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । ६ कराड ५५ लाख ७० हजार रुपैयाँको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो ।
जसमा २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमा २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ । बाँकी आवेदन रद्द भएको छ ।
आईपीओमा ६५ हजार ५७० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।












प्रतिक्रिया दिनुहोस्