काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुभन्दा तल झरेको छ ।
यसैगरी आजको बजारमा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएको २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यसैगरी, आज ११ कम्पनीको सेयर मूल्य यथावत् रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।
नेप्सेका अनुसार आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहकोमात्र सेयर मूल्य बढेको छ । बाँकी १२ उपसमूहको सेयर मूल्य ओरालो लागेको छ । आज म्युचूअल फण्ड उपसमूहको सेयर मूल्य ०.४५ प्रतिशत बढेको हो ।
यसैगरी, आज कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज टक्सार पिखुवा खोला जलविद्युत लिमिटेड र याम्बालिङ जलविद्युत कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशत बढेको हो ।
आज बुङ्गल हाइड्रो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेको हो ।
कारोबार रकमको आधारमा आज उच्च स्थानमा अरुण काबेली जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको ३१ करोड १६ लाख २९ हजार ८८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्