Skip to content

सेयर बजार घट्यो, कारोबार रकममा भने सुधार

काठमाडौं । बुधबार सेयर बजार घटेर बन्द भएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ।

आज सेयर बजार घटेको भएता पनि कारोबार रकममा भने मंगलबारको तुलनामा सुधार आएको छ । मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा बुधबार ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१० प्रशित घटेको छ।

आज कारोबारमा आएको टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २९ करोड ६२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima