Skip to content

सर्वोत्तम पेन्ट्स कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं । बिहीबार सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो।

सर्वोत्तम पेन्ट्सले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ५ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २८ लाख ९४ हजार २३२ आवेदकबट ३ करोड १० लाख ३३ हजार १८० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भएको छ भने ४४ हजार २०७ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो सेयरमा हेर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T