Skip to content

बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति

काठमाडौं । असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ । अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

बाढीले निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सचर, कङ्क्रिट पम्प मेसिन, ६० टन रड ५०० बोरा सिमेन्ट बाढीले बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताए। त्यस्तै इसुवा हाइड्रोपावरलाई पनि बाढीले क्षति पु¥याएको छ । सताङदेखि ड्याम साइट जाने मोटरबाटोको करिब दुई किलोमिटर क्षेत्रमा ठाँउ ठाँउमा पहिरो गएको छ ।

आयोजनाका १०० मिलिमिटर व्यासका दुई वटा पाइप पहिरोले बगाएको छ भने बिछ्याइएका करिब २०० मिटर पाइपमा क्षति पुगेको छ ।

पहिरोले दुई घर र एक विद्यालय जोखिममा

पहिरोले मकालु गाउँपालिका–१ मा दुइ घर जोखिममा परेका छन् । पहिरोले मकालु–१ मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पा घर जोखिममा परेको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । पहिरोले सिंहेश्वरी आधारभूत विद्यालय पनि जोखिममा परेको छ ।

बाढीले नुर्वुचौर र नुर्वु गाउँ जोड्ने इसुवाखोलाको झोलुङ्गे पुल बगाएको छ भने नुर्वु खोल्सीमा रहेको सार्वजनिक पानीघट्टा तथा चार वटा काठेपुल बगाएको छ ।

पुल बगाएपछि स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । पहिरोका कारण सयौँ रोपनी अलैँचीबारी र खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi