Skip to content

सेयर बजार र कारोबार रकम दुबै घट्यो

काठमाडौं । बिहीबार सेयर बजार र कारोबार रकम दुबै घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ८.५० अंक घटेर २६५१.५२ विन्दुमा झरेको छ।

आज सेयर बजारसंगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

यसैगरी, कारोबार रकमका आधारमा आज सोपान फर्मास्यूटिकल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १२ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi