Skip to content

रास्वपाको पदाधिकारी निर्वाचन परिणाम सार्वजनिक, सोबिता महिला उपसभापतिमा निर्वाचित महामन्त्रीमा आचार्य

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँच पदाधिकारीका लागि सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएको छ। निर्वाचनबाट महिला उपसभापति, महामन्त्री तथा तीन सहमहामन्त्री चयन भएका छन्।

महिला उपसभापति पदमा सोबिता गौतम निर्वाचित भएकी छन्। गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

महामन्त्री पदमा विपिन कुमार आचार्य निर्वाचित भएका छन्। आचार्यले ६७३ मत प्राप्त गरेका छन्।

सहमहामन्त्री (खुला) तर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन्। शाहले ४७१ मत तथा ढकालले ४१० मत प्राप्त गरेका छन्।

यस्तै, महिला सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित भएकी छन्। उनले ७३७ मत प्राप्त गर्दै विजयी बनेकी हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima