Skip to content

सेयर बजारमा गिरावट: कारोबार रकम पनि घट्यो, ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार कारोबार रकम दुवै घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा झरेको छ ।

आज सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार २ अर्ब ६७ करोड १६ लाख ३२ हजार ९६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएको  १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत घटेको छ।

यसैगरी, आज कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा बढी ५.८३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

यसैगरी,  आज सोपान फर्मास्यूटिकल्सको करिब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima