काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा लाई विभागमा उपस्थित हुन ७ दिने पुर्जी जारी गरेको छ।
विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी जाँचबुझका क्रममा केही विषयमा जानकारी लिन आवश्यक रहेको उल्लेख गर्दै जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको स्रोतले जनाएको छ।
जारी गरिएको पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको छ।
विभागले यसअघि नै जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवा लाई पनि सोही प्रकरणमा स्पष्टीकरण तथा आवश्यक जानकारीका लागि बोलाइसकेको थियो।
विभागका अनुसार देउवा दम्पतीले साउन मसान्तभित्र विभागमा उपस्थित हुने जानकारी गराएका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको सिलसिलामा विभागले आवश्यक कागजात तथा विवरण संकलन गर्ने प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
यस विषयमा विभागले औपचारिक रूपमा थप विवरण सार्वजनिक गरिसकेको छैन।





प्रतिक्रिया दिनुहोस्