काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।
गत शुक्रबार सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह गरेका मण्डललाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान निधन भएको हो ।
शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल पुर्याइएका मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको थियो । २५ वर्षीय मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।









प्रतिक्रिया दिनुहोस्