Skip to content

सेयर बजार र कारोबार रकम दुबैमा सुधार, सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाए सबैभन्दा धेरै 

काठमाडौं । बुधबार सेयर बजार बढेको छ। बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको छ।

आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ। मंगलबार ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँको बराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको सेयर मूल्य घटेको छ। यसैगरी, ११ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ। यसैगरी, आज जलविद्युत उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

आज कारोबारमा आएको सोलु हाइड्रोपावर कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै बढेको छ।  आज यस कम्पनीको सेयरमूल्य १५ प्रतिशत बढेको हो । कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५८ करोड १० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima