Skip to content

सेयर सूचीकरणमा नेप्सेको बदमासी, कोड प्रदान गर्दा कम्पनीमाथी विभेद

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर सूचीकृत गर्दा प्रदान गरिने कोड मनलाग्दी रुपमा दिन थालेको छ ।

लामो समयदेखि नेप्सेले दिने कोड र सिडिएससीले दिने आईजीन (इन्टरनेशनल स्टयान्डर्ड आइडेन्टिफिकेशन नम्बर)मा विवाद रहेको छ ।

यो विषयमा अख्तियारमा गत जेठमा नै उजुरी समेत परेको छ । तै पनि नेप्सेका प्रवृति भने उही नै रहेको छ । पछिल्लो पटक पनि नेप्सेले यस्तै काम गरेको छ ।

नेप्सेले असार तेस्रो साता एभरेष्ट कलर लिमिटेडलाई २ वटा स्टक सिम्बोल र रिफ्रेन्स कोड दिएको छ । नेप्सेले कम्पनीलाई सर्वसाधारण तर्फ सेयरको सिम्बोल ईसीएल र संस्थापक सेयरको ईसीएलपी दिएको छ ।

यस्तै रिफ्रेन्स कोडमा सर्वसाधारण तर्फ ६७७ र संस्थापकको लागि ६७८ दिएको छ ।

यता नेप्सेले साउन ५ गते २ वटा कम्पनीलाई स्टक सिम्बोल र रिफ्रेन्स कोड दिएको छ । ती कम्पनीलाई भने सिम्बोल र कोड सर्वसाधारण सेयरनीको मात्रै दिएको छ । संस्थापकको दिएको छैन ।

नेप्सेले सर्वोत्तम पेन्ट्सलाई एसएपीआईएल सिम्बोल ६७९ कोड दिएको छ । यस्तै माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनीलाई एमईपीडीएल सिम्बोल दिएर ६८१ कोड दिएको छ ।

नेप्सेले कम्पनीका प्रतिनिधिको निकटतालाई हेरेर सिम्बोल र कोड दिएको छ । यो विषयमा नेप्सेका कुनै अधिकारी पनि बोल्न चाँहदैनन् ।

नाम नबनाउने शर्तमा नेप्सेका एक अधिकारीले सम्बन्धित अफिसरलाई दिन मन लागेर दिएको हुन सक्ने प्रतिकृया दिए ।

यद्यपी नेप्सेका अन्य अधिकारीहरु पनि सबै सूचीकृत कम्पनीलाई एकै खालको व्यवहार गर्नुपर्ने बताउँछन् ।

कुनै कम्पनीले आईपीओ जारी गर्दा संस्थापक र सर्वसाधारण गरी दुई भागमा सेयर जारी गर्ने गर्छन । रियल सेक्टर र जलविद्युत कम्पनीका संस्थापकहरुको सेयर ३ वर्षसम्म लकइन हुने गर्छ ।

लामो समयदेखि दुई वटा आईजीन नम्बर र कोडका विषयमा विवाद भइरहेको छ । केही पक्षले एउटै कोड र आईजीन हुँदा संस्थापक सेयरधनीले लकइन रहेको सेयर बिक्री गरे भन्ने आरोप लगाएका छन् । केहीले भने सेयरधनी इमान्दार नहुने हो भने जतिवटा नै आईजीन, कोड दिएपछि फरक नपर्ने तर्क गर्दै आएका छन् ।

अहिले नेप्सेले दिएको फरक फरक कोडले पनि ती कम्पनीका संस्थापकलाई कस्तो सहजिकरण गर्न खोजेको हो भन्ने प्रश्न खडा गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T