Skip to content

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। क्यापिटलको  मिति साउन २६ गते सम्पन्न सञ्चालक समितिको १७४औं बैठकको निर्णयअनुसार लाभांश वितरण गर्ने भएको हो ।
क्यापिटलको दसौँ वार्षिक साधारण सभा यही मिति २०८३ साल भदौ २६ गते शुक्रबारका दिन एनआईसी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडाैंमा  बिहान ९ बजे बस्ने भएको छ ।
उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८२÷०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरू उपर छलफल गरी पारित गर्ने छ ।
साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरू माझ पुर्याउन “अव लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मूल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८२÷०८३ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरू अनलाइन मार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन समेत सफल भएको  छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T