काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा ३६.५८ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १४ अर्ब २० करोड २६ लाख रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा घटेर १२ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको खुद फि तथा कमिशनबाट हुने आम्दानी २ अर्ब २० करोड ३२ लाख रुपैयाँबाट बढेर २ अर्ब २३ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन नाफा ६ अर्ब ७३ करोड १० लाख रुपैयाँबाट घटेर ४ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकले ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ८.०५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९७.७१ रुपैयाँ रहको छ । बैंकको निष्कृय कर्जा ६.३५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्