Skip to content

विद्युत प्राधिकरणको नाफा ५८.६० प्रतिशतले घट्यो, ग्राहकलाई २० युनिटसम्म नि:शुल्क बिजुली दिँदा समस्या

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत प्राधिकरणको नाफा आधा भन्दा बढिले घटेको छ ।

अघिल्लो आव २०८१/८२ को तुलनामा गत आवमा प्राधिकरणको नाफा ५८.६० प्रतिशतले घटेको हो ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले करबाहेक ५ अर्ब ४ करोड रूपैयाँमा खुम्चिएको बताए ।

आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघि १२ अर्ब १७ करोड रूपैयाँ नाफा थियो । उक्त वर्ष ८ अर्ब ९१ करोड खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा प्राधिकरणको नाफा करिब ४ अर्ब रूपैयाँले घटेको छ ।

प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमयदरमा आएको उतारचढावका कारण नाफा घटेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणका अनुसार घरायसी प्रयोजनका लागि ग्राहकलाई २० युनिटसम्म नि:शुल्क बिजुली दिँदा,ह्रासकट्टीका कारण पनि नाफा घटेको प्राधिकरणको दाबी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T