Skip to content

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

nabil
global ime

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५.७८९४७ प्रतिशतका लाभांश वितरण गर्ने भएकाे हाे ।

कम्पनीले १५ प्रतिशतका दरले हुन ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। विद्युत नियमन आयोगबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते, बिहीबार, होटल इम्पेरियलमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T