Skip to content

भोटेकोशीमा बाढी: प्रधानमन्त्री शाह सडकमार्ग हुँदै पुगे विदुर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । उनी सडक मार्ग हुँदै स्थलगत निरीक्षणका लागि उक्त स्थानमा पुगेका छन् ।

​प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी रहेका छन् ।

बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीको लगत्तै शाहले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका थिए ।

​बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भएपनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गरे ।

​भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।

साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्‍याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T