Skip to content

सानिमा बैंकले घोषणा गर्याे १० प्रतिशत लाभांश

काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बिहीबार अपराह्न ४ बजेपछि बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता साधारण सेयर पुँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

बैंकको हाल कायम १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता साधारण सेयर पुँजीका आधारमा १० प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश वितरण हुनेछ ।

यद्यपि, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T