काठमाडौं । सानिमा बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको हो।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइनेछ।
भोटेकोशीमा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने कैयौँ परिवार विस्थापित भएका छन्। विपद्पछिको खोज तथा उद्धार, तत्कालीन राहत तथा प्रभावित क्षेत्रको पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।






प्रतिक्रिया दिनुहोस्