Skip to content

विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनद्वारा बाढीपीडितलाई १ करोड १ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कालिका कन्स्ट्रक्सनले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेका हुन्। उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको जनाइएको छ।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको हो।

कालिका कन्स्ट्रक्सनले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्न आफ्नो तर्फबाट उक्त योगदान गरेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T