काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा पैसा जम्मा गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर पोस्ट गरेको पाइएको छ ।
उक्त भौचर च्याटजिपिटी प्रयोग गरी नक्कली स्टेटमेन्ट बनाएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्