Skip to content

त्रिशूली–३ए सुरुङबाट दुई जनाको जीवित उद्धार, थप व्यक्तिको खोजी जारी

काठमाडौं । बाढी प्रभावित त्रिशूली–३ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ।

रास्वपा सांसद् श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई उद्धार टोलीले सकुशल बाहिर निकालेको हो। उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

उनका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति रहेको हुन सक्ने सूचना प्राप्त भएकाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायका टोलीहरू उद्धारमा खटिएका छन्।

बाढीपछि सम्पर्कविहीन बनेकाहरूको अवस्थाबारे चिन्ता बढिरहेका बेला सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार हुनुले आशा जगाएको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T