Skip to content

लाभांश पारित गर्ने मुख्य एजेन्डासहित आइसिएफसि फाइनान्सले बोलायो साधारण सभा

काठमाडौं । आइसिएफसि फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
फाइनान्सले असोज १३ गते, मंगलबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
यस अनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T