Skip to content

साउनमा जीवन बीमा कम्पनीको व्यवसाय करिब ३३ प्रतिशतले बढ्यो: सबैभन्दा अगाडी नेपाल लाईफ, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा बढेको छ । साउनमा १४ जीवन बीमा कम्पनीले कुल २ खर्ब १७ अर्ब १३ करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.५५ प्रतिशतले बढेकाे  छ । गत आवको साउनमा यी कम्पनीहरूले कुल १ खर्ब ६३ अर्ब ८० करोड ८७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

साउनमा सबैभन्दा धेरै व्यवसाय नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले ५६ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । गत वर्षको साउनमा कम्पनीको व्यवसाय ५१ अर्ब ५३ करोड ४९ लाख रुपैयाँ थियो । यसअनुसार नेपाल लाइफको व्यवसाय ९.३१ प्रतिशतले बढेको छ ।

दोस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीको व्यवसाय ३ अर्ब ९२ करोड ३५ लाख रुपैयाँबाट बढेर ३७ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यससँगै कम्पनीको व्यवसाय ८५४.२ प्रतिशतले बढेको देखिन्छ ।

त्यस्तै, नेशनल लाइफको व्यवसाय १९.६ प्रतिशतले बढेर २३ अर्ब ८० करोड ८६ लाख रुपैयाँ पुगेको छ । हिमालयन लाइफले १९ अर्ब ८८ करोड ७७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १९ अर्ब ६ करोड २७ लाख र सूर्यज्योति लाइफले ११ अर्ब ९५ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

साउनमा आईएमई लाइफको व्यवसाय २६.४ प्रतिशतले बढेको छ । रिलायबल नेपाल लाइफको १८.१८ प्रतिशत, सन नेपाल लाइफको १५.८४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १६.३८ प्रतिशत र एसियन लाइफको १५.६५ प्रतिशतले व्यवसाय वृद्धि भएको छ ।

त्यसैगरी, सिटिजन लाइफको व्यवसाय ९.२८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १२.४५ प्रतिशत र मेट लाइफको १०.६१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T