Skip to content

सेबोनमा करिब दर्जन दस्तावेज: अर्थमन्त्री डा.वाग्लेले गभर्नर, अध्यक्षसहित राखेर मागे पूँजी बजार विकास र सुधारका उपाय

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिए ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल,नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए । यता धितोपत्र बोर्डले अध्यक्ष नियुक्ति भएयता करिब दर्जन दस्तावेज ल्याएका छन् । उनले बजार सुधार गर्न भन्दै यस्ता दस्तावेज ल्याएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T