काठमाडौं । सानिमा जिआइसी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्याय दोस्रो कार्यकालका लागि पुनर्नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको १९२औँ बैठकले उपाध्यायलाई थप चार वर्षका लागि सीईओ पदमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यायको हालको कार्यकाल २०८३ साल कार्तिक ६ गते समाप्त हुँदैछ । त्यसपछि २०८३ साल कार्तिक ७ गतेदेखि २०८७ साल कार्तिक ६ गतेसम्म लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णयबारे कम्पनीले सम्बन्धित निकायलाई जानकारी गराएको छ ।






प्रतिक्रिया दिनुहोस्