Skip to content

अर्थमन्त्रीको १०–१२ बुँदे कार्यक्रमको घोषणाले सेयर बजारमा उत्साह, नेप्से २७.९४ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार बढेको छ । अघिल्लो कारोबार दिनहरुमा निरन्तर ओरालो लागेको सेयर बजार शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको पुँजी बजार सम्बन्धिको १०–१२ बुँदे योजना ल्याउने घोषणाले सकारात्मक बढेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारमा देखिएको कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन् ।

शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा पुगेको छ । आज सेयर बजारसंगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएकोमा आज ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक आज सर्वाधिक १.८३ प्रतिशत बढेको छ । आज लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

आज कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको सेयर मूल्य १०.५३ प्रतिशत बढेको छ । यसैगरी, आज अभियान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको सेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । आज कारोबारमा आएको मल्टीपर्पस फाइनान्स कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.७१ प्रतिशत घटेको छ ।

आज कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । आज यस कम्पनीको यस दिन ३६ करोड ६६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T