काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकले ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँको बोनस सेर र नगद बापत ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ वितरण गर्ने भएको छ ।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्