Skip to content

नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० वर्ष: पर्यटन प्रवर्द्धन गर्न विशेष सांस्कृतिक महोत्सव आयोजना हुँदै

काठमाडौ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुरा भएको छ ।

त्यही अवसरमा मंसिर ६ गते काठमाडौँको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६ ~संस्कृति मार्फत ऐक्यबद्धता~’ आयोजना हुने भएको छ ।

उक्त महोत्सव ‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा सम्पन्न हुन लागेको हो ।
महोत्सवले नेपाली तथा जापानी संगीत, कला-संस्कृति र जनस्तरको सम्बन्धमार्फत आपसी मित्रता, सद्भाव र ऐक्यबद्धतालाई प्रवर्द्धन गर्नेछ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रख्यात जापानी ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहनेछ । सन् १९८० मा दशरथ रंगशालामा ऐतिहासिक कन्सर्ट गरेको चार दशकभन्दा बढी समयपछि यो ब्यान्ड पुनः नेपाल फर्कन लागेको हो ।

उनीहरूको यो पुनरागमनले नेपाल र जापानबीचको लामो सांस्कृतिक सम्बन्धमा एक महत्त्वपूर्ण एवं प्रतीकात्मक आयाम थप्नेछ ।

यसका साथै महोत्सवमा नेपालका कलाकारहरूको प्रस्तुति रहनुका साथै दुवै देशको प्रतिनिधित्व हुने विभिन्न सांस्कृतिक, पर्यटकीय तथा व्यापारिक प्रदर्शनीहरू समेत समावेश गरिने जनाइएको छ ।

भोटेकोशी नदीमा आएको बाढीको विषम परिस्थितिलाई दृष्टिगत गर्दै, कार्यक्रमको आवश्यक खर्च कटाएर संकलन हुने सम्पूर्ण बचत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने जनाइएको छ ।

महोत्सवले पर्यटन प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचानलाई थप उजागर गर्दै देशको आर्थिक पुनरुत्थानमा सकारात्मक टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T